गृहपृष्ठ मेडिकल कलेजको शुल्क अध्ययन गर्न उपसमिति गठन

मेडिकल कलेजको शुल्क अध्ययन गर्न उपसमिति गठन

Samsad-Bhawan-newskarobar

शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस) कार्यक्रमका शुल्क कार्यान्वयन बारेमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित नौ सदस्यीय समिति गठन गरिएकाे हो ।

समितिमा सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सन्तकुमार थारु, जीवनराम श्रेष्ठ, मनकुमारी केसी र एकवाल मियाँ रहेका छन् ।

निजी मेडिकल कलेजले निर्धारित शुल्कभन्दा बढी लिएको भन्दै विद्यार्थी र अभिभावकले गुनासो गर्दै आएका छन् ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु