गृहपृष्ठ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाख ५ देखि

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाख ५ देखि

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वैशाख ५ गते देखि नेपालगन्जमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को शुक्रबार बसेको वोर्ड बैठकले आउँदो वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा उक्त प्रतियोगिता संचालन गर्ने निर्णय गरेको राखेपका सदस्य राजेशकुमार गुरुङले बताए ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । उनले सम्पूर्ण खेलाडी एवं खेल संघहरुलाई आफ्नो तयारीमा जुट्न आग्रह समेत गरेकाछन् ।

प्रतियोगितामा ३५ खेलका लागि ४ हजारभन्दा बढी खेलाडीहरुले विभिन्न ईभेण्टमा प्रतिष्प्रर्धा गर्ने राखेप सदस्य गुरुङले जनाए ।

यसैबिच, गण्डकी प्रदेशबाट ५ सय २ जना खेलाडीहरु ३५ खेलमा सहभागी हुने भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु