गृहपृष्ठ आन्दोलनमा उत्रिएका नेविसंघका कार्यकर्ता प्रहरी नियन्त्रणमा

आन्दोलनमा उत्रिएका नेविसंघका कार्यकर्ता प्रहरी नियन्त्रणमा

पोखरा विश्वविद्यालयअन्तर्गतका केही कलेजले भर्ना लिएका विद्यार्थीलाई परीक्षामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियम विपरित भर्ना लिएको तर परीक्षाबाट बञ्चित गराएको भन्दै आइतबार काठमाडौंको मध्यबानेश्वरस्थित एपेक्स कलेज, एसएआईएम कलेज, राजधानी मोडल कलेजलगायतका कलेजमा प्रर्दशन गरिरहेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । विद्यार्थीहरुले चर्को शुल्क असुली गरेर नियम विपरित भर्ना लिने तर परीक्षा दिनबाट बञ्चित गराएको भन्दै ती कलेजमा ‘माफिया’ लेख्ने र तोडफोडसमेत गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियम विपरित भर्ना लिने तर परीक्षा दिनबाट विद्यार्थीहरुलाई बञ्चित गराउने शैक्षिक दलाल र माफियाविरुद्ध प्रर्दशन गर्नु परेको नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए ।

त्रिपाठी नेतृत्वको नेविसंघका कार्यकर्ताले ती कलेजमा भर्ना भएका विद्यार्थीलाई परीक्षा दिने व्यवस्था नगरे ती क्याम्पस संचालकलाई कालोमोसो दल्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए । पोखरा विश्वविद्यालयअन्तर्गतका विभिन्न कजेलमा भर्ना भएका ३ सय ९१ जना विद्यार्थीले ब्याचलर तेस्रो वर्षको परीक्षा दिन नपाउने भएपछि त्यसको विरोधमा नेविसंघका विद्यार्थीले प्रर्दशनसहितको आन्दोलन सुरु गरेका हुन । सबैभन्दा महंगो शुल्क लिने तर परीक्षा दिन पाउने काम शैक्षिक माफियाहरुबाट भएको भन्दै क्याम्पस संचालकहरुविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु