गृहपृष्ठ हावाहुरी प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने देउवाको घोषणा
हावाहुरी प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने देउवाको घोषणा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्साका हावाहुरी प्रभावित नागरिकलाई २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । प्रभावित बाराको फेटा गाउँपालिका पुगेका सभापति देउवाले प्रभावित क्षेत्रका पीडितहरूसँग भेट गरी पार्टीको तर्फबाट २५ लाख रूपैयाँ सहयोग गर्ने बताएका हुन् ।
प्रभावित क्षेत्रको अवलोकन गर्न मंगलबार लुम्बिनीबाट हेलिकप्टरमार्फत सभापति देउवा बारा पुगेका हुन् ।
प्रकाशित समय १६:२३ बजे

















