गृहपृष्ठ राष्ट्रिय विकास परिषदको बैठक सुरू, १५ औँ योजनाको मस्यौदालाई अन्तिम रुप दिइने

राष्ट्रिय विकास परिषदको बैठक सुरू, १५ औँ योजनाको मस्यौदालाई अन्तिम रुप दिइने

राष्ट्रिय विकास परिषद बैठक काठमाडौँमा सुरु भएको छ । बुधबार र बिहीबार गरेर दुई दिनसम्म चल्ने बैठकमा राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिने तयारी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका छन् । होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ । बैठकमा सहभागी हुन तीनै तहका सरकारी अधिकारीहरु पनि आइपुगेका छन् ।

सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहित तयार गरेको पञ्चवर्षीय योजना आर्थिक वर्ष २०७६, ७७ देखि २०८० ८१ सम्म कार्यान्वयन हुने सार्थक बनाउने रणनीति छ ।

प्रकाशित समय १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु