गृहपृष्ठ ‘आईइसी डिजाइनर्स रनवे’ टप मोडलको आकर्षक प्रस्तुति (फोटो फिचर)
‘आईइसी डिजाइनर्स रनवे’ टप मोडलको आकर्षक प्रस्तुति (फोटो फिचर)
आईइसी कलेज अफ आर्ट एण्ड फेशनको आयोजनामा मोडलहरूले र्याम्प वाक गरेका छन् । आइइसी कलेजका फेशन डिजाइनिङ विधाका विद्यार्थीका क्रियटिभ पहिरनमा होटल हायत रिजेन्सीमा चर्चित मोडल, नायिका तथा पूर्व मिस नेपालले र्याम्प वाक गरेका हुन् ।
आईइसी डिजाइनर्स रनवे– ८ मा ५२ डिजाइनरका फरक कला शो कास्ट गरिएको थियो । जिन्स र ढाकालाई फ्यूजन गरिएका डिजाइनले यसपटक सबैको ध्यान केन्द्रीत गर्यो । इस्टर्न–वेस्टर्न मिक्स्ड ह्वाइट गाउन पृथक देखियो । सिर्जना बस्नेत, सरिना गुरुङ तथा कल्पना कुमालको मिक्स्ड मेटल थिममा तयार पारिएका पहिरन आकर्षक देखिए ।
वेयरएवल र क्रियटिभ थिममा केन्द्रीत रहेर तयार पारिएका डिजाइनमा पूर्व मीस नेपाल अस्मी श्रेष्ठ, नायिका करुणा श्रेष्ठ, मिस ग्रयाण्ड नेपाल उरुषा जोशी, मिस्टर ग्रयाण्ड नेपाल तथा नायक दिक्पाल कार्की शो स्टपरका रुपमा र्याम्पमा उत्रिएका थिए ।
डिजाइनर पेम्बा शेर्पा, सागर बुढामगर, निशा राई र ममता सूर्य मगरद्धारा सृजना गरिएका नोभेल फेम थिमका पहिरनमा मोडलहरु र्याम्पमा बिरालोको चालमा हिड्दा दर्शकदीर्घाबाट तालिको गडगडाहट सुनिएको थियो ।
नेपालमा फेशन विक भित्र्याएको यस संस्थाले आफ्ना विद्यार्थीहरुलाई बढी व्यवहारिक बनाउन तथा नेपालभित्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी र दक्ष जनशक्ति उत्पादनका लागि यस्ता शो गर्दै आएको संस्थापक शैलजा अधिकारी बताउछिन् ।
प्रकाशित समय ०९:४२ बजे




















