गृहपृष्ठ आँधी–हुरीले बारा र पर्साको कृषि पूरै ध्वस्त
आँधी–हुरीले बारा र पर्साको कृषि पूरै ध्वस्त
१५०५ हेक्टरको गहुँ, मकै, तरकारी, मसुरोलगायतका बाली पूरै नष्ट
आइतबार बारा र पर्सामा गएको भयावह आँधी–हुरीले त्यहाँका २४०० परिवारको बासमात्रै उठायो भन्ने सोच्दै हुनुहुन्छ भन्ने तपाईं गलत हुनुहुन्छ । आइतबारको हुरी र असिनापानीले त्यहाँको पाकेर भित्र्याउन ठिक्क पारेको बालीसमेत नष्ट गरिदिएकाले ती २४०० परिवारलाई वर्षदिनभरि खानेपिउने समस्या आउने देखिएको छ ।
गृह मन्त्रालयले जारी गरेको प्रारम्भिक विवरणअनुसार बारा जिल्लाका आँधी–हुरील ३७३६ हेक्टर क्षेत्रफलको खेतीबाली प्रभावित भएको छ, जसमध्ये १५०५ हेक्टरमा लगाएको गहुँ, मकै, तरकारी, मसुरो, फलफुललगायतका बाली पूर्ण रुपमा क्षति भएको छ भने २२३१ हेक्टर क्षेत्रफलमा आंशिक क्षति पुगेको गृहमन्त्रालयले जानकारी दिएको छ ।
बारा जिल्लाको कलैया उप–महानगरपालिका १२ र १८, फेटा गाउँपालिका १, ६ र ७, सुवर्ण गाउँपालिका १, ४, ५ र ८, प्रसौनि गाउँपालिका ४ र ६, महागढीमाई नगरपालिका ७, देवताल गाउँपालिका ७, पचरौता नगरपालिका ७ र २, परवानीपुर गाउँपालिका ४ नम्वर वडामा गरिएको खेती पूरैमा असर परेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पर्सा जिल्लामा २१०० हेक्टर क्षेत्रफलमा लगाईएको बाली आंशिक रुपमा ९२० देखि २५ प्रतिशत० क्षति भएको प्रारम्भिक अनुमान रहेको गृहमन्त्रालयले जनाएको छ ।
यसरी लगाइएको बाली नष्ट भएको बाहेक भण्डारणमा रहेको हजार टन खाद्यान्न नष्ट हुँदा ती प्रभावित क्षेत्रमा निकट भविष्यमा नै खाद्यान्न संकट उत्पन्न हुने खतरा बढेको छ ।
प्रकाशित समय १३:०९ बजे

















