गृहपृष्ठ एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो लोभलाग्दा बचत योजना

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो लोभलाग्दा बचत योजना

एनआईसी एशिया बैंकले १५ खालका नयाँ बचत निक्षेप योजना ल्याएको छ । बैंक स्थापनाको २२ वर्ष पुग्न लागेको अवसर पारेर बैंकले उच्च ब्याजदरका निक्षेप योजनाहरु सार्वजनिक गरेको हो ।

सवै तह र तप्काका ग्राहकहरुलाई उपयुक्त ‘चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरी ल्याईएको चमत्कारिक तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिवृद्धि गर्ने बैंकको विश्वास छ ।

उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदासहित ल्याइएको योजनालेसबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

यी चमत्कारिक बचत निक्षेप खाता बैंकको मुलुकभरी रहेको आफ्ना २ सय ८१ वटै शाखा कार्यालय तथा अनलाइनबाटै सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा अन्य अतिरिक्त योजना पनि छन् । जसमा नेपालमै पहिलो पटक स्वाईप इन–स्वाईप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छन ।

देशैभरी रहेका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदासमेत प्रदान गरिने गरी चमत्कारिक बचत खाताहरुको योजना ल्याइएको बैंकले जनाएको छ ।

चमत्कारिक बचत योजना अन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाकासाथ चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना सार्वजनिक गरेको छ ।

त्यसैगरी, चमत्कारिक विद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारिक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजनाहरु पनि बैंकले ल्याएको छ ।

प्रकाशित समय १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु