गृहपृष्ठ एसईईको प्रश्नपत्र लिक गर्ने प्रहरी, बेच्ने शिक्षक !

एसईईको प्रश्नपत्र लिक गर्ने प्रहरी, बेच्ने शिक्षक !

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र लिक गर्ने प्रदेश २ मा एसईईको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र लिक गर्ने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै प्रश्नपत्र लिक गर्ने ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दुई प्रहरी जवान र एक जना शिक्षकसहित ६ रहेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराजका शिक्षक मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डल रहेका छन् ।

मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान हुन् । प्रहरी जवानले चोर्ने र शिक्षकले प्रश्नपत्र बिचेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुले चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै आउट गरेका थिए । प्रश्नपत्र लिक भएपछि प्रदेश २ को परीक्षा स्थगित गरिएको थियो ।

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु