गृहपृष्ठ विमानस्थलबाट ६ किलो सुनसहित चार भारतीय पक्राउ
विमानस्थलबाट ६ किलो सुनसहित चार भारतीय पक्राउ
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित चार भारतीयलाई पक्राउ गरेको छ । सुनका गहना बनाएर भित्र्याउँदै गर्दा सुन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भारतीय थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूको परिचय खुलाइएको छैन ।
प्रकाशित समय २०:५१ बजे

















