गृहपृष्ठ कामना सेवाको ८१औं शाखा मोरङको विराटचोकमा

कामना सेवाको ८१औं शाखा मोरङको विराटचोकमा

kamanasewa-birat-chowk-branch-newskarobar

कामना सेवा विकास बैंकले मोरङको विराटचोकमा नयाँ शाखा स्थापना गरेको छ । मोरङको सुन्दर हरैचा नगरपालिका–१२, विराटचोकमा बैंकले ८१औं शाखा स्थापना गरी कारोबार थालेको हो ।

बैंकका सञ्चालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा उक्त शाखाबाट कारोबार सुरु भएको छ । शाखा उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवर्धनलाई अझ तीव्रताका साथ अघि बढाउन बृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

बुटवलमा केन्द्रीय कार्यालय भएको बैंकले देशभरका ८० शाखा तथा ३५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु