गृहपृष्ठ हैदरावाद आईपीएलको शीर्षस्थानमा

हैदरावाद आईपीएलको शीर्षस्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै हैदरावाद शिर्ष स्थानमा पुगेको हो ।

१ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले ९ बल बाँकी हुँदै लक्ष्य पूरा गर्यो । ओपनर जोनी बेयरस्टोले विस्फोटक ब्याटिङ गर्दै ४८ रन जोडेपछि हैदरावादका लागि सामान्य योगफल भेट्टाउन समस्या परेन । विजय शंकर १६ तथा डेविड वार्नर, मनिष पान्डे र दिपक हुड्डाले १०–१० रनको योगदान दिए । मोहम्मद नाबी १७ र युसुफ पठानले ९ रन बनाए ।

दिल्लीका लागि अक्षर पटेल, ईशान्त शर्मा, कागीसो रबाडा, राहुल टेवाटिया र सन्दीप लामिछानेले समान १ विकेट लिए । सन्दीप महंगो सावित भए उनले ४ ओभरमा ३२ रन खर्चिए । घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन जोडेको थियो । कप्तान श्रेयस ऐरले ४३ रन जोड्नुबाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन ।

हैदरावादका लागि मोहम्मद नाबी, भुवनेश्वर कुमार र सिद्धार्थ कौलले समान २ तथा राशिद खान र सन्दीप शर्माले एक विकेट लिए । हैदरावाद ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

प्रकाशित समय ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु