गृहपृष्ठ ब्रेक्जिट प्रक्रियाका लागि बेलायती प्रधानमन्त्रीद्वारा थप ३ महिनाको समय माग

ब्रेक्जिट प्रक्रियाका लागि बेलायती प्रधानमन्त्रीद्वारा थप ३ महिनाको समय माग

brexit_newskarobar

बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट प्रक्रियाका लागि थप तीन माहिनाको समय माग्दै युरोपेली यूनियनलाई पत्राचार गरेकी छन् । उनले आगामी जनु ३० को समयसीमा दिन इयूलालाई पत्र पठाएकी हुन् ।

इयूबाट मार्च २९ मा औपचारिक रुपमा बाहिरिने सम्झौता भए पनि सो समयभित्र इयूसँग कुनै सम्झौता हुन नसकेपछि अप्रिल १२ को नयाँ मिति प्रस्ताव गरिएको थियो । तर अप्रिल १२ सम्म पनि बेलायती संसदमा सहमति हुने संकेत नदेखिएपछि जुन ३० को नयाँ मिति प्रस्ताव गरिएको मेले बताएकी छन् ।

तर इयूका एक प्रतिनिधिले भने अध्यक्ष टस्कले ब्रेक्जीटको समयसीमा एक वर्ष थप गर्न प्रस्ताव गरेको बताएका छन् । टस्कलाई पठाइएको पत्रमा प्रधानमन्त्री मेले ४६ वर्षसम्म इयूको सदस्य रहेको बेलायत सुविचारित किसिमबाट ढंगबाट बाहिरिन चाहेको उल्लेख गरेकी छन् ।

युरोपेली यूनियनका नेताहरुको बैठक शुक्रबार ब्रसेल्समा बस्दैछ । सो बैठकमा नयाँ मितिका बारेमा छलफल र सहमति जुट्ने बेलायतको विश्वास छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोनले समयसीमा बढाउनुपर्ने स्पष्ट कारण नदेखिएको र बेलायतको कदम अपरिपक्व रहेको टिप्पणी गरेका छन् ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु