गृहपृष्ठ लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, सलाहको कीर्तिमानी गोल
लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, सलाहको कीर्तिमानी गोल
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनमाथि ३–१ को महत्वपूर्ण जित निकालेको छ । जितसँगै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको खेलमा इजिप्टका मोहम्मद सलाह, नावी केइटा र जोर्डन हेन्डरसनले गोल गरे । साउथह्याम्पटनका साने लङले पहिलो गोल गरेका थिए । एक गोलले पछि परेको स्थिति लिभरपुलले उल्ट्याएको थियो । नवौं मिनेटमा नै साने लङले गोलको खाता खोलेका थिए ।
३६औं मिनेटमा नावी केइटाले गोल फर्काए । ८०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । यससँगै सलाहले लिभरपुलका लागि छिटो ५० गोल पार गर्ने पहिलो खेलाडीको कीर्तिमानी बनाए । उनले फर्नान्डो टोरेसको कीर्तिमान तोडेका हुन् ।
८६औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । जितसँगै लिभरपुलको ३३ खेलबाट ८२ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८० अंक छ ।
प्रकाशित समय ०८:१३ बजे

















