गृहपृष्ठ यू–१९ विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान
यू–१९ विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान
एसिया छनोट खेल खेल्न नेपाली यू–१९ क्रिकेट टोली मलेसिया प्रस्थान गरेको छ । मलेसियामा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि१४ सदस्सीय नेपाली टोली शनिबार मलेसिया प्रथान गरेको हो ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्ट र राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक जगत टमटाले विदाई गरेका हुन् ।
रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा पवन सर्राफ, सन्दीप जोरा, आसिफ शेख, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् ।
एसिया छनोट अप्रिल १० देखि २० सम्म योजना हुने छ । छनोट खेलमा नेपाल सहित, युएई, कुवेत, मलेसिया, सिंगापुर र ओमनले प्रतिस्पर्धा गर्ने छ । नेपाली टोलीको प्रशिक्षक विनोद दास रहेका छन् ।
प्रकाशित समय १२:३५ बजे

















