गृहपृष्ठ हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण जुनमा हुने

हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण जुनमा हुने

नेपाललाई विश्वसामु चिनाउन सघाउने विश्वास

हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जुन ६ देखि ९ सम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ ।
नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तब्यको रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिँदै आएको हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकास हुँदै गएको छ ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आयोजना गरिने हिमालयन ट्राभल मार्टको आयोजना गर्दै आइरहको छ ।

हिमालयन ट्राभल मार्टको यसअघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । उनले भने, ‘हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहको छ । जसले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति जनाउन सहयोग पुगेको छ ।’ हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धेरै पर्यटन स्रोत बजारहरुवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको शाक्यले बताए ।

हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन पर्वद्धनमा सहयोग लाई विश्व सामु चिनाउन सहयोग पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, ‘मार्ट पर्यटन ब्यावसायीहरु, सहभागीहरु तथा सबै सरोकारवालाहरुका लागि नेटवर्किङ्ग, ब्यावसाय प्रवद्र्धन, ज्ञान तथा सिप आदान–प्रदान गर्न एक अद्धितीय मञ्च बन्न पुगेको छ । ’ जोशीले नेपाल भ्रमण वर्षकोे पूर्व सन्ध्यामा आयोजना हुन गईरहको मार्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सहयोग गर्ने बताए । मार्टको पूर्व सन्ध्यामा क्रेता र बिक्रेताबाट जुन खालको चासोहरु देखिएका छन् । यसले मार्टको सफलता बढ्दै गएको जोशीले बताए ।

हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वब्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरिएको हो । हिमालयन ट्राभल मार्टको दास्रो संस्करणमा हिमालयन राष्ट्रहरु बाहेक पनि युएई, भियतनाम र कोरियाजस्ता राष्ट्रहरुले विक्रेताको रुपमा सहभागिता जनाएको थिए । जसले प्रस्तुत मार्टको बढ्दो लोकप्रियतालाइ दर्शाउँदछ ।
मार्टको बढ्दो लोकप्रियतालाई कायम राख्दै मार्टको आगामी संस्करणहरुलाई थप सशक्त, प्रभावकारी एवम् फलदायी मार्टको रुपमा आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय सम्बन्धन तथा साझेदारी, विशिष्ठ ब्यक्तित्वहरु–वक्ताहरु निर्धारण, प्रायोजक प्रवद्र्धन, सहभागीहरु (क्रेता तथा विक्रेताहरु लगायत पाहुनाहरु) को आमन्त्रण तथा पत्राचार जस्ता अधिकांश आवश्यक पूर्वतयारी तथा ब्यवस्थापन कार्यहरु उल्लेख्य मात्रामा समपन्न भइसकेको नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले बताए । यो पटकको मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत (चीन) र भुटान लगायत हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरीका, अष्टे«लिया, न्यूजिल्याड, रसिया तथा सि. आई. एस. राष्ट्रहरु, एशिया र अरब राष्ट्रका क्रेताहरुको सहभागी हुने बुडालले जानकारी दिए ।
यस अघि सन् २०१७ सालमा ५३ देशहरुवाट २ सय २५ विदेशी प्रतिनिधिहरु, सन् २०१८ मा सम्पन्न भएको मेलामा ३६ वटा विभिन्न देशहरुवाट १ सय ७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता रहेको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ । मार्टले देशको पर्यटकीय गन्तव्य, वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरण, लगायत विश्वब्यापी पर्यटन एवम हस्पिट्यालिटी संध संस्थाहरु, कम्पनीहरु र हिमालयन पर्यटन क्षेत्र सम्बन्धित विविध क्षेत्रमा आवद्ध ब्यवसायी तथा व्यक्तित्वहरु बीच व्यापार आदान प्रदान गराउने असिमित अवसरहरु प्रदान गराउने छ । तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु