गृहपृष्ठ श्रीलंका विस्फोट : मृत्यु हुनेको संख्या १ सय ३८ पुग्यो
श्रीलंका विस्फोट : मृत्यु हुनेको संख्या १ सय ३८ पुग्यो
श्रीलंकाको गिर्जाघर र होटलहरूमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ । आइतबार बिहान ६ वटा गिर्जाघर र होटलमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको हो ।
मृत्यकको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई सय जनाभन्दा बढी मानिसहरू घाइते भएका छन् । कोच्चिकाडे, कटुवापिटिया र बट्टिकलोआस्थित गिर्जाघरमा बिहान विस्फोटन भएको थियो ।
मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएको बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्त रहन जनतालाई अपिल गरेका छन् । सुरक्षाको उचित बन्दोबस्तका लागि सुरक्षाकर्मी खटाइएको र आक्रमणकारीको खोजी गर्ने उनले बताएका छन् ।
प्रकाशित समय १२:१० बजे

















