गृहपृष्ठ श्रीलंकाका राष्ट्रपतिले मागे रक्षा सचिव र प्रहरी प्रमुखको राजिनामा

श्रीलंकाका राष्ट्रपतिले मागे रक्षा सचिव र प्रहरी प्रमुखको राजिनामा

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखको राजिनामा मागेका छन् ।

राष्ट्रपति कार्यालयमा रक्षा सचिव र प्रहरी प्रमुखलाई बोलाएर सिरिसेनाले राजीनामा दिन सुझाएका हुन् । राष्ट्रपति सिरिसेनाले बुधवार २४ घण्टा भित्र सुरक्षा निकायहरूमा परिवर्तन गर्ने र आउने दिनमा सुरक्षा निकायको पुनर्संरचना गर्ने भन्दै टेलिभिजनबाट सम्बोधनका क्रममा बताएका थिए ।

उनले सम्बोधनमा आक्रमणबारे विदेशी मुलुकबाट प्राप्त सूचना सुरक्षा निकायले आफूलाई नदिएकोमा असन्तुष्टि जनाएका थिए । अमेरिका र भारतका गुप्तचर निकायले श्रीलंकामा आक्रमण हुनसक्ने भन्ने सूचना दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले उल्लेख गरेका छन् ।

गत आइतबार चार वटा चर्च र होटलहरुमा भएका आक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय २१ पुगेको छ । मारिनेमा ३८ जना विदेशी नागरिक पनि छन् । आक्रमणको जिम्मा भने स्लामिक स्टेटले लिएको छ । इस्लामिक स्टेटका ८ जना समर्थकले सो आक्रमण गराएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेरि आक्रमण हुनसक्ने भयले श्रीलंकालीहरुमा त्रास फैलिएको छ । श्रीलंकामा अहिले संकटकाल घोषणा गर्दै कर्फ्यु लगाइएको छ ।

प्रकाशित समय १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु