गृहपृष्ठ विराटनगरमा अत्याधुनिक क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा

विराटनगरमा अत्याधुनिक क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा

पूर्व क्षेत्रमा क्रिकेटको स्तर खस्किइरहेका बेला पहिलो पटक विराटनगरमा निजी क्षेत्रको लगानीमा अन्ताष्ट्रिय मापदण्डअनुसारको संरचना भएको क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ ।
क्रिकेटमा आफ्नो भविष्य बनाउन चाहने खेलाडीहरुलाई स्थान दिन विराटनगरका क्रिकेटप्रेमी युवाहरुको अग्रसरतामा करिब २० लाख रुपैयाँको लागतमा क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा आएको हो ।
विराटनगरलगायत आसपासको क्षेत्रमा क्रिकेट प्रशिक्षण केन्द्रको अभाव भइरहेका बेला विराटनगरस्थित सोमबारे हाटमा क्रिकेट क्लब एण्ड एकाडेमी सञ्चालनमा ल्याइएको एकाडेमीका सचिव अभिषेक श्रेष्ठले जानकारी दिए ।
विहानवेलुका दुई सेशनमा सञ्चालन गरिने क्रिकेट प्रशिक्षण केन्द्रमा नेपालबाट पटकपटक अन्तराष्ट्रिय प्रतियोगिता खेलीसकेका पूर्वराष्ट्रिय खेलाडी राजकुमार प्रधानले प्रशिक्षण दिन्छन् ।
एकेडेमीमा व्याटिङ, वलिङ, फिल्डिङलगायत क्रिकेटकमा सवै विधा सिकाइने गरिएको छ । यसमा ३ वटा सिमेन्टेङ पिच, ५ वटा नेट, ३ वटा वलिङ मेशिनलगायतका सुविधा रहेको सचिव श्रेष्ठले जानकारी दिए ।
उनले एकाडेमिमा हालसम्म ७० जनाले प्रशिक्षण लिइरहेको बताए । सचिव श्रेष्ठले उक्त एकेडेमीमा प्रशिक्षण लिन चाहनेहरुले भर्ना शुल्क २ हजार रुपैया बुझाउनु पर्छ ।
प्रशिक्षण लिने महिला खेलाडीका लागि मासिक ५ सय र पुरुष खेलाडीका लागि १ हजार रुपैया शुल्क लिइने गरेको विराटनगर एकेडेमीले जनाएको छ । सचिव श्रेष्ठले भने ‘निजि क्षेत्रको लगानीमा सुरु गरिएको प्रशिक्षण केन्द्र विराटनगरमा पहिलो हो ।
त्यसो त अन्तराष्ट्रिय मापदण्डका संरचना भएको केन्द्रमा प्रशिक्षण लिन पाउँदा खुशि लागेको खेलाडीहरुले बताए । उनीहरुले एकेडेमी खेलाडीहरुका लागि अवसर भएको बताए । उनीहरुले अन्तराष्ट्रिय खेलाडीबाट प्रशिक्षण लिन पाउँदा खुशि लागेको बताए । विराटनगरका खेलाडी श्रवण किस्कुले भने ‘हामी क्रिकेट पहिला पनि खेल्थ्यौँ । सैद्धान्तिक र ब्यवहारिक ज्ञान थिएन । यहाँ डेढ महिनादेखि सिकिरहेको छु । हाम्रा लागि यो राम्रो अवसर हो ।’
क्रिकेट प्रशिक्षक प्रधानले विराटनगर क्षेत्रमा क्रिकेट खेलको स्तरमा गिरावट आएकाले उकास्न प्रशिक्षक भएर यहाँ आएको बताए । उनले हाल प्रशिक्षणमा रहेका खेलाडीहरुको प्रदर्शन राम्रो हुँदै गएको बताउँदै एकेडेमीमा प्रशिक्षण लिएका खेलाडीहरु विभिन्न उमेर समुहको प्रदेश टिममा पर्न सफल भएको बताए ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु