गृहपृष्ठ आईपीएल : चेन्नईमाथि मुम्बईको सहज जित
आईपीएल : चेन्नईमाथि मुम्बईको सहज जित
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्समाथि सहज जित हात पारेको छ । मुम्बईले ४६ रनको सहज जित निकालेको हो ।
चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले १ सय ५६ रनको चुनौती पेश गरेको थियो । चेन्नई १७.४ ओभरमा अल आउट हुँदै १ सय ९ रन मात्रै जोड्न सक्यो । चेन्नईका ओपनर मुरली विजयले ३८ रन जोड्नबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
शेन वाटशन ८, सुरेश रैना २, आम्वाती रायुडु शून्य, केदार जाधव ६ रनमा पेभेलियन फर्किएका थिए । ड्वेन ब्राभो २० र मिचेल सान्टनरले सान्टनरले २२ रन जोडे ।
मुम्बईका लागि लाथिस मलिंगाले ३.४ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र कुनाल पान्ड्याले समान दुई विकेट लिए । अनुकुल रोए र हार्दिक पान्ड्याले नाममा समान १–१ विकेट रह्यो ।
टस हारेर ब्याटिङ गरेको मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको योगदान दिए । इभिन लुईस ३२, क्विन्टन डी कक १५ र कुनाल पान्ड्या १ रनमा पभेलियन फर्किए । हार्दिक पान्ड्या २३ र काइरन पोलार्ड १३ रनमा अविजित रहे ।
चेन्नईका लागि मिचेल सान्टनरले २, इमरान ताहिर र दिपक चाहरले समान १–१ विकेट लिए । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा उक्लिन सफल भएको छ । मुम्बईको ११ खेलबाट १४ अंक भएको छ । शीर्ष स्थानको चेन्नाईको १६ अंक छ ।
प्रकाशित समय ०७:०९ बजे

















