गृहपृष्ठ नेपाल लाइफ इन्स्योरेन्सद्वारा पश्चिम क्षेत्रकै ठूलो बिमालेख जारी

नेपाल लाइफ इन्स्योरेन्सद्वारा पश्चिम क्षेत्रकै ठूलो बिमालेख जारी

‘जीवन बिमा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा छ, बुझेरमात्र बिमा गरौं’

nepal-life-insurance-newskarobar

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुटवल शाखाबाट हालसम्मकै ठूलो बिमांकको पोलिसी (बिमालेख) जारी भएको छ । यसअघि एक करोड ८६ लाख रुपैयाँबराबरको पोलिसी जारी भएकोमा अहिले दुई करोड रुपैयाँको पोलिसी जारी भएको हो ।

प्रदेश ५ को सबैभन्दा बढी कारोबार हुने उक्त शाखामा सिनियर एजेन्सी म्यानेजर (अभिकर्ता) यदुनन्द भण्डारीले २ करोड रुपैयाँको पोलिसी ल्याएका हुन् । उक्त शाखामा त्यसअघि सबैभन्दा ठूलो १ करोड ८६ लाखको पोलिसी पनि उनले नै ल्याएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुटवल शाखाका प्रबन्धक कुशलसिंह थापाले जानकारी दिए । उनका अनुसार बुटवल शाखाअन्तर्गत हाल २ हजार अभिकर्ता साक्रिय छन् ।

पश्चिम क्षेत्रकै ठूलो शााखा बुटवलमा मात्रै गत असार मसान्तसम्म ८६ हजार ९३१ वटा पोलिसी जारी भएका थिए । हाल त्यो संख्या बढेर एक लाख हाराहारी पुगेको शाखा प्रबन्धक थापाले जानकारी दिए । गत असार मसान्तसम्म यो कम्पनीको नेपालभर २३ लाख ८ हजार ५२ वटा बिमा पोलिसी जारी भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको ७० जिल्लामा १२० शाखा कार्यालय छन् । कुल बिमाको ३५ प्रतिशत हिस्या नेपाल लाइफले ओगटेको कम्पनीको दाबी छ । हाल नेपालमा १९ वटा जीवन बिमा कम्पनी छन् ।

नेपाल लाइफले हालसम्म १० अर्बभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ । चुक्ता पुँजी ४ अर्ब ३९ करोड रहेको कम्पनीले ५८ अर्ब रुपैयाँ लगानी गरेको छ । कम्पनीको ६६ अर्ब रुपैयाँको बिमा कोष छ भने प्रतिहजारमा ६५ देखि ८२ रुपैयाँसम्म बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा
बुटवल शाखा प्रबन्धक थापाले जीवन बिमा कम्पनीहरुबीच तीव्र अस्वस्थ प्रतिस्पर्धा रहेको बताएका छन् । बिमा कम्पनीहरु धेरै खुलेका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको उनको बुझाइ छ । त्यस्तै, सिनियर एजेन्सी म्यानेजर (अभिकर्ता) भण्डारीले पनि कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अभिकर्ताले भनेका कुरामा मात्रै विश्वास नगरी बिमाका बारेमा राम्रोसँग अध्ययन गरेरमात्रै बिमा गर्न आग्रह गरे ।

जीवन बिमा गरेका व्यक्तिको दुर्घटना तथा दैवीप्रकोपका कारण मृत्यु भएमा बिमा जारी भएको मितिदेखि नै दाबी भुक्तानी हुने र आत्महत्या भएमा दाबी भुक्तानीका लागि दुई वर्ष पूरा भएको हुनुपर्ने उनले स्पष्ट पारे ।

प्रकाशित समय २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु