गृहपृष्ठ सकियो आइपिएलको लिग चरणका खेल, पञ्जाव हार्दा राजस्थान प्लेअफमा

सकियो आइपिएलको लिग चरणका खेल, पञ्जाव हार्दा राजस्थान प्लेअफमा

काठमाडौं– इन्डियन प्रिमियर लिगका लिग चरणका खेलहरु सकिएका छन्। आइतबारको लिग चरणको अन्तिम खेलमा चेन्नइले पञ्जाबलाई पराजित गरेको छ ।

५ विकेटले चेन्नइ विजयी भएको हो । पञ्जाबले एक सय ५४ रनको लक्ष्य दिएकोमा चेन्नइले १९.१ ओभरमा १ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

 खेल हारेसँगै पञ्जाब बाहिरिएको छ भने राजस्थान प्लेअफमा परेको छ। १४ मध्ये ९ खेल जितेर हैदरावाद पहिलो स्थानमा परेको छ भने दोस्रोमा ९ खेल नै जितेर चेन्नइ छ। कलकत्ता र राजस्थान पनि प्लेअफमा परेका छन् ।

पहिलो सेमिफाइनल मंगलबार हैदरावाद र चेन्नइबीच हुने छ। सो खेल जित्ने सिधैं फाइनलमा जाने छ भने हार्ने टिमले कलकत्ता र राजस्थानबीचको खेलमा विजयी हुने टिमसँग फेरि प्रतिस्पर्धा गर्न पाउनेछ ।

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु