गृहपृष्ठ सरकारको नीति तथा कार्यक्रम आजः राष्ट्रपतिले प्रस्तुत गर्ने

सरकारको नीति तथा कार्यक्रम आजः राष्ट्रपतिले प्रस्तुत गर्ने

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दैछिन् ।
राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम दिउँसो ४ बजे संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न लागेकी हुन् । राष्ट्रय सभाका ५९ र प्रतिनिधि सभाका २७५ सांसद रहेको संयुक्त बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुन गर्न लागेकी हुन् ।
मन्त्रिपरिषदको हिजोको बैठकले राष्ट्रपति भण्डारीले सोमबार दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन मार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरिसकेको छ ।

प्रकाशित समय ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु