गृहपृष्ठ नेप्से बढ्यो, तीनवटा कम्पनीकै ४१ करोडको सेयर किनबेच
नेप्से बढ्यो, तीनवटा कम्पनीकै ४१ करोडको सेयर किनबेच
सेयर बजार परिसूचक बुधबार ५.५५ अंकले बढेको छ । पौने २ बजे १३३४ अंक पार गरेको नेप्से परिसूचक अन्त्य समयमा घटेर १३२१ अंकमा बन्द हुँदा ६८ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
बुधबार १७२ कम्पनीको ४० लाख ४३ हजार १५७ कित्ता सेयर १ अर्ब ३३ करोडमा किनबेच भएको छ । तीनवटा कम्पनीको मात्र ४१ करोडभन्दा बढीको कारोबार भयो । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको १४ करोड ८२ लाख, नेपाल बैंकको १३ करोड २४ लाख र शिभम् सिमेन्टको १३ करोड ९ लाखको सेयर किनबेच भएको छ ।
उच्च अदालत पाटनले मंगलबार एनसीसी बैंकविरुद्ध एनबी समूहले हालेका मुद्दा खारेज गरेर लाभांश वितरणको बाटो खोलिदिएपछि लगानीकर्ता त्यसतर्फ आकर्षित भएका हुन् । बैंकले ८ अर्ब चुक्ता पुँजी नपुर्याएका कारण बढी बोनस बाँड्न सक्ने अपेक्षामा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।
सेयर बजार निरन्तर बढ्दै जाँदा कुल बजार पुँजीकरण १६ खर्ब ३९ अर्ब नाघेको छ ।
प्रकाशित समय १६:२३ बजे

















