गृहपृष्ठ रुपन्देहीमा हतियारसहित आएका भारतीयविरुद्ध प्रहरीद्वारा हवाई फायर

रुपन्देहीमा हतियारसहित आएका भारतीयविरुद्ध प्रहरीद्वारा हवाई फायर

hawai-fayar-newskarobar

हतियारसहित नेपाल आउँदै गरेका भारतीय नागरिकलाई पक्राउ गर्न रुपन्देहीको नेपाल-भारत सीमाक्षेत्रमा प्रहरीले हवाई फायर गरेको छ । रुपन्देही प्रहरीका अनुसार भारतको महाराजगन्ज जिल्ला फरेनी बजार बस्ने करिब ५० वर्षका झिनक धोबीलाई नियन्त्रणमा लिने क्रममा एक राउन्ड हवाई फायर गरेको हो ।

हतियारसहित नेपाल आउँदै गरेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तर, उनलाई छुटाउन भारतबाट ३०-४० जनाको समूहले प्रहरीको टोलीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि नेपाल प्रहरीले हवाई फायर गरेको हो ।

सीमापारिबाट आएको भारतीय समूहले गरेको आक्रमणबाट प्रहरीहरु तेजबहादुर कुवँर, प्रेम आले र विक्रम मल्ल घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । भारतीय नागरिकबाट प्रहरीले अमेरिकामा बनेको स्वचालित एक थान पेस्तोल र एक थान म्यागजिन बरामद गरेको छ ।

प्रकाशित समय १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु