गृहपृष्ठ नेकपामा जनवर्गीय संगठनको टुंगो, कुनको जिम्मा कसलाई ?
नेकपामा जनवर्गीय संगठनको टुंगो, कुनको जिम्मा कसलाई ?
पार्टी एकता भएको झन्डै एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ । सचिवालयको बिहीबार बसेको बैठकले तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो ।
कुन संगठनमा कसको नेतृत्व ?
विद्यार्थी : संयोजक – ऐन महर, सहसंयोजक – रञ्जित तामाङ
युवा : संयोजक – रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक – रमेश पौडेल
महिला : संयोजक – अमृता थापा, सहसंयोजक – सीता पौडेल
मजदुर : संयोजक – विनोद श्रेष्ठ, सहसंयोजक – जगत सिम्खडा
प्रवासी नेपाली मञ्च भारत : संयोजक – लोकनाथ भण्डारी, सहसंयोजक – ईश्वरी भण्डारी
प्रेस : संयोजक – महेश्वर दाहाल, सहसंयोजक – गणेश बस्नेत
बुद्धिजीवी : संयोजक – दिनेशचन्द्र देवकोटा, सहसंयोजक – कृष्ण केसी
पेसागत महासंघ : संयोजक – विश्वनाथ प्याकुरेल, सहसंयोजक – दयाराम बस्याल
जनसांस्कृतिक महासंघ : संयोजक – खगेन्द्र राई, सहसंयोजक – सरल सहायात्री
मुस्लिम : संयोजक – सराज महमद फरुकी, सहसंयोजक – अत्तहर हुसेन फारुकी
दलित : संयोजक – तिलक परियार, सहसंयोजक : ओमबहादुर विश्वकर्मा
भूपू सुरक्षाकर्मी : संयोजक – धनबहादुर चन्द, सहसंयोजक – तोक्न बाँकी
प्रकाशित समय १९:३६ बजे

















