गृहपृष्ठ उपेन्द्र-बाबुरामको पार्टीले मानेन गण्डकी प्रदेश
उपेन्द्र-बाबुरामको पार्टीले मानेन गण्डकी प्रदेश
हालैमात्र एकीकृत भएको उपेन्द्र यादव-बाबुराम भट्टराईको पार्टीले गण्डकी प्रदेश नाम अस्वीकार गरेको छ । शुक्रबार आयोजित उक्त पार्टीको प्रदेश नं ४ स्तरीय पहिलो अभिभुखीकरण कार्यक्रमको ब्यानरा तमुवान-मगरात प्रदेश उल्लेख गरिएको छ ।
प्रदेश नं ४ को प्रदेश सभाले गण्डकी प्रदेश नाम पारित गरेर प्रचलनमा ल्याएको लामो समय बितिसकेको छ ।
संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएपछि पहिलो पटक आयोजित अभिमुखीकरण कार्यक्रमका पार्टी अध्यक्षद्वय भट्टराइ र यादवसहित प्रायः सबै प्रमुख नेता उपस्थित छन् ।
प्रकाशित समय १३:४३ बजे

















