गृहपृष्ठ सरकार क्यान्सरको रोगी : बाबुराम

सरकार क्यान्सरको रोगी : बाबुराम

Baburam Bhatatrai_NewsKarobar

समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारलाई क्यान्सर रोग लागेको रोगीका संज्ञा दिएका छन् । शुक्रबार पोरखामा आयोजित प्रादेशिक अन्तरक्रियामा उनले डाक्टरले म्याद ताेकेको क्यान्सरका रोगीजस्तै वर्तमान सरकारको पनि म्याद सकिएको ठोकुवा गरे ।

समाजवादी पार्टी अहिले आफै सरकारमा सामेल छ । ‘वर्तमान सरकार नाममात्रैको कम्युनिष्ट नाम गरेको नाममात्रैको कम्युनिष्ट सरकारको हो; कमाउनिष्ट हो, भ्रष्टाचारी हो, हांगाविंगा फाटेकाहरूमात्रै सरकारमा छन्,’ उनले भने ।

उनले अंशवन्डा, भागबन्डा नमिलेपछि सरकारमा फुट हुने टिप्पणी गरे । वर्तमान सरकारप्रति निकै कठोर रुपमा प्रस्तुत भएका पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान सरकारप्रति एक वर्षमा आमजनता निराश भएको टिप्पणी गरे । वर्तमान सरकारप्रति जनताले धेरै आशा गरे पनि यो एक वर्षमा धेरै बुझिसकेको उनको भनाइ थियो ।

प्रकाशित समय १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु