गृहपृष्ठ रुपन्देहीको प्रगतिनगरमा सिंगो गाउँमै आगलागी

रुपन्देहीको प्रगतिनगरमा सिंगो गाउँमै आगलागी

चार घर जले, ५० घरका विद्युतीय सामान नष्ट

fire-newskarobar सांकेतिक तस्बिर

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्वर १२ स्थित प्रगतिनगरमा भीषण आगलागी भएको छ । विद्युतको हाइटेन्सन लाइन र मिटर लाइनको तार शुक्रबार दिउँसो हावाहुरी चलेर जोडिँदा आगो लागेको प्रहरीले जनाएको छ ।

पौने ३ बजे लागेको आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याइएको स्थानीयले जानकारी दिए । आगो लागेर चारवटा घर जलेका छन् भने प्रगतिनगरका ५० भन्दा बढी घरका विद्युतीय उपकारण सबै नष्ट भएको मौवा प्रहरी चौकीका हवल्दार पूर्ण थापाले जानकारी दिए । उनका अनुसार प्रगतिनगरका सबै घरका विद्युतीय सामान नष्ट भएको र अहिले विद्युत अवरुद्ध भएको छ ।

प्रकाशित समय १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु