गृहपृष्ठ मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य

मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य

महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्नले पनि अनिवार्यरुपमा हेलमेट हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्ने भएको छ ।

पत्रकार सम्मेलन गरेर महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले दुर्घटना न्यूनिकरणका लागि यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् । नयाँ आउने सवारी ऐनमा यो प्रावधान राख्न लागिएको हो । पन्तले दुई पांग्रे सवारीका कारण दुर्घटनाको क्रम बढी रहेको बताए । हेलमेट पनि आईएसओ मान्यता प्राप्त हुनुपर्ने नियममा उल्लेख गरिनेछ ।

यस्तै, महाशाखाले ट्राफिक कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवाको सुरुवात गर्न लागेको छ । प्रमुख पन्तले उपत्यकामा टेम्पो र निलो माइक्रोलाई हटाएर ठूला सवारीलाई प्राथमिकता दिने योजना रहेको पनि सुनाए ।

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु