गृहपृष्ठ विश्वकप क्रिकेट : दक्षिण अफ्रिकालाई बंगालदेशको विशाल लक्ष्य
विश्वकप क्रिकेट : दक्षिण अफ्रिकालाई बंगालदेशको विशाल लक्ष्य
एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा बंगालदेशले दक्षिण अफ्रिकासामु ३ सय ३१ रनको विशाल चुनौती पेश गरेको छ ।
बंगलादेशले विश्वकपमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो । लन्डनस्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनायो । बंगालदेशका लागि मुश्फिकुर रहिमले ७८ रनको योगदान गरे ।
सकिब अल हसनले ७५ रन बनाए । ओपनर सौम्य सरकारले आक्रमक ब्याटिङ गर्दै ४२ रन जोडे । तामिम इकवालले १६ रन बनाए । महमुदउल्हा र मोसाद्दिक हसनले पनि उत्कृष्ट ब्याटिङ गरे । महमुदउल्हा ४६ रनमा अविजित रहे । मोसाद्दीकले २६ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि एन्डिले फेहलुकवेले, इमरान ताहिर र क्रिस मोरिसले समान २–२ विकेट लिए ।
प्रकाशित समय १९:२७ बजे

















