गृहपृष्ठ पिपल्स च्वाइस अवार्डको मनोनयनमा पाँच खेलाडी

पिपल्स च्वाइस अवार्डको मनोनयनमा पाँच खेलाडी

नेपाल खेलकूद पत्रकार मञ्चले ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत प्रदान गर्ने ‘पिपल्स च्वाइस’का लागि पाँच खेलाडी मनोनयनमा परेका छन् ।

मनोनयनमा पर्नेमा युवा क्रिकेटर सन्दीप लामिछाने, ब्यडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन् । नेपालले खेलेका अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण योगदान पुर्याएका क्रिकेटका सन्दीप मनोनयनमा परेका हुन् ।

ब्याडमिण्टनका प्रिन्सले दुबई इन्टरनेशनल सिरिजमा यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए । सावित्राले घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छन् । रेश्माले राष्ट्रियस्तरका विभिन्न भलिबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी छन् ।

शारीरिक सुगठनका महेश्वरले नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाएबापत मनोनयनमा परेका हुन् ।

पाँचमध्ये एकजनाले अर्वाड हात पार्नेछन् । एसएमएस भोटिङ, फेसबुक लाइक, नेपाल खेलकूद पत्रकार मञ्चका सदस्यहरुको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकहरुको मतलाई आधार मानेर छनोट एकजनालाई अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।

आगामी असार १७ गते मञ्चले विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ ।

प्रकाशित समय १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु