गृहपृष्ठ मैत्रीपूर्ण खेलमा मलेसियासँग नेपाल २-० गोलले पराजित

मैत्रीपूर्ण खेलमा मलेसियासँग नेपाल २-० गोलले पराजित

nepal-malaysia-newskarobar

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । आइतबार भएको खेलमा मलेसियासँग नेपाल २–० गोलले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५०औं र ८१औं मिनेटमा मलेसियाले गोल गरेको थियो । मलेसियाको बुकित जलील रंगशालामा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपालले मलेसियालाई रोक्न सकेन । ५०औं मिनेटमा मोहम्मद राशिदले गोल गर्दै मलेसियालाई अग्रता दिलाए । ८१औं मिनेटमा मलेसियाका लागि शाहरुल मोहम्मद सादले गोल गरेपछि नेपाल २–० ले पछि परेको थियो ।

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु