गृहपृष्ठ कावासोतीमा एनआइसी एशियाको शाखारहित बैंकिङ सेवा

कावासोतीमा एनआइसी एशियाको शाखारहित बैंकिङ सेवा

NIC-ASIA-Kawaswoti-newskarobar

एनआईसी एशिया बैंकले नवलपरासीको कावासोतीमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले शुक्रबारदेखि कावासोतीको विष्णुनगरमा २९औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित बैंकिङ सेवाको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दानियाले उद्घाटन गरे । शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राइजेज (प्रोप्राइटर विकास गुरुङ) लाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ सेवाबाट ग्राहकले गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्छन् । यसले ग्रामीण तथा दुर्गम क्षेत्रमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित समय ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु