गृहपृष्ठ अर्घाखाँचीमा हावाहुरीको वितण्डा, एक विद्यालयसहित ६० घरमा क्षति

अर्घाखाँचीमा हावाहुरीको वितण्डा, एक विद्यालयसहित ६० घरमा क्षति

habahuri_arghakhanchi-newskarobar फाइल तस्बिर

आइतबार साँझ आएको हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक विद्यालयसहित ६० वटा घरमा क्षति पु-याएको छ । हावाहुरीसहित पानी परेपछि छत्रदेव गाँउपालिकामा रहेको शहिद मेमोरियल बोर्डिंग स्कुलको टिनको छाना उडाएको हो । हावाहुरीले स्थानीय बासिन्दाका टिन तथा फुसको छाना उडाएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए ।

हावाहुरीले बल्कोटको हुलाकदेखि पाटीसम्मको क्षेत्रमा बढी क्षती पुर्‍याएको छ । आँप, लिचीलगायतका फलफूल र अन्य बोटविरूवा लडेका छन् । हावाहुरीबाट भएको क्षतिको यकिन विवरण नआइसकेको अध्यक्ष पोखरेलले बताए ।

प्रकाशित समय ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु