गृहपृष्ठ विश्वकप क्रिकेटमा श्रीलंका र अफगानिस्तान भिड्दै, कसले जित्दा ?

विश्वकप क्रिकेटमा श्रीलंका र अफगानिस्तान भिड्दै, कसले जित्दा ?

afaganistan-vs-srilanka-newskarobar

विश्वकप क्रिकेटमा आज दुई एसियाली राष्ट्र अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । कार्डिफस्थित सोफिया गार्डेनमा नेपाली समयअनुसार सवा ३ बजे यी दुई देशबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टिमले आफ्नो पहिलो खेलमा हार व्यहोरेका छन् । न्युजिल्यान्डसँग श्रीलंका १० विकेटले पराजित भएको छ भने अफगानिस्तानले अस्ट्रेलियासँग ७ विकेटले हारेको छ । श्रीलंकाको खस्किएको खेलको फाइदा उठाउँदै कमजोर मानिएको अफगान टोली जित निकाल्ने दाउमा हुनेछ भने कमजोर टिममाथि हावी हुँदै जारी विश्वकपमा पहिलो जित निकाल्ने र खेलमा फर्किने योजनामा श्रीलंका हुनेछ ।

प्रकाशित समय १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु