गृहपृष्ठ श्रीलंका र पाकिस्तानबीचको खेल वर्षले रद्द
श्रीलंका र पाकिस्तानबीचको खेल वर्षले रद्द
एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षका कारण रद्द भएको छ ।
निर्धारित समयभन्दा झण्डै पाँच घण्टा बढीसम्म वर्ष नरोकिएपछि खेल रद्द भएको हो । दुबै टोलीले १–१ अंक बाडे्न बाध्य भएका छन् । सँगै श्रीलंका र पाकिस्तान समान ३ खेलमा १ मा जित र १ मा हारका साथ क्रमश : तेस्रो र चौथो स्थानमा पुगेका छन् ।
वेस्ट इन्डिजसँग पहिलो खेलमा स्तब्ध पाकिस्तानले दोस्रो खेलमा उपाधिको दाबेदार इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको थियो भने पहिलो श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले निराश भएको थियो । श्रीलंकाले दोस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
श्रीलंकाले आगमी मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले बुधबार साविक विजेता अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय ०७:०४ बजे

















