गृहपृष्ठ इडेन हजार्डको रियाल मड्रिड सपना पूरा !
इडेन हजार्डको रियाल मड्रिड सपना पूरा !
इडेन हजार्ड रियल मड्रिडमा अनुबन्धित भएका छन् । चेल्सीमा रहेका हजार्डको रियाल सपना पूरा भएको हो ।
हजार्डलाई मड्रिडमा १ सय ५० मिलियन स्टर्लिङ पाउण्डमा आवद्ध गरिएको छ । हजार्ड पाँच वर्षका लागि अनुबन्धित भएका हुन् । २०१२ मा बेल्जियमका लागि डेब्यू गरेका हजार्डले चेल्सीमा रहँदा ३ सय ५२ खेलमा १ सय १० गोल गरेका छन् । उनको योगदानमै चेल्सीले २ पटक प्रिमियर लिगको उपाधि उचालेको थियो ।
रियालमा अनुबन्धित भएपछि हजार्डले आफ्नो सानैदेखिको सपना पूरा भएको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित समय ०९:४० बजे

















