गृहपृष्ठ नाडालले जिते १२औं पटक फ्रेन्च ओपनको उपाधि

नाडालले जिते १२औं पटक फ्रेन्च ओपनको उपाधि

स्पेनिस राफायल नाडाल १२औं पटक फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् ।

दोस्रो वरीयताका नाडाल १२औं पटक फ्रेन्च ओपन च्याम्पियन बन्ने क्रममा चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमलाई ३–१ को सेटमा पाखा लगाए । नाडालले गत सिजन पनि थेइमलाई नै हराएर फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

पेरिसमा आइतबार राति भएको खेलमा नाडालले पहिलो सेट ६–३ ले जिते । दोस्रो सेटमा थेइमले ५–७ ले आफ्नो पक्षमा पारेका थिए । तर, त्यसपछिको दुवै सेट नाडालले ६–१ र ६–१ ले जित्दै च्याम्पियन बनेका हुन् ।

३३ वर्षीय नाडाल एकै ग्रान्डस्लाम १२औं पटक जित्ने पहिलो खेलाडी बनेका छन् । नाडालको समग्रमा यो १८औं ग्रान्डस्लाम उपाधि हो ।

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु