गृहपृष्ठ रवि र अस्मिताद्वारा स्वरबद्ध ‘हामी किसानी’ युट्युवमा (भिडियाेसहित)
रवि र अस्मिताद्वारा स्वरबद्ध ‘हामी किसानी’ युट्युवमा (भिडियाेसहित)
गीतकार गोकर्ण रुपाखेती शर्माको ‘हामी किसानी’ यट्युवमार्फत सार्वजनिक भएको छ ।
नेपाल आइडलका विजेता रवि ओड र प्रतिस्पर्धी अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । माधवराज खरेलको निर्देशनमा बनेको भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापालगायतका कलाकार देख्न सकिन्छ । गीतमा लेखु सहयात्रीले संगीत भरेकी छन् ।
काठमाडौंको धर्मस्थलीका विभिन्न स्थानका दृष्य क्यामरामा कैद गरिएको भिडियोको छायांकन तथा सम्पादन राजन खरेलले गरेका थिए । गीतमा गाउँ छाडेर विदेशिने युवाहरुलाई स्वदेशमै परिश्रम गर्न र कृषि र पशुपालनमा प्रोत्साहन गरिएको छ ।
प्रकाशित समय १२:२५ बजे

















