गृहपृष्ठ थाइल्यान्डविरुद्ध अमेरिकाको १३ गोल, बन्यो रेकर्ड
थाइल्यान्डविरुद्ध अमेरिकाको १३ गोल, बन्यो रेकर्ड
फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलमा अमेरिकाले थाइल्यान्डलाई १३–० गोलले पराजित गरेको छ ।
मंगलार राति सम्पन्न खेलमा सन् २०१५ को विजेता अमेरिकाले पहिलो हाफमा ३ गोल गरेको थियो । दोस्रो हाफमा अमेरिकाले थप १० गोल थप्यो । आक्रामक रुपमा प्रस्तुत अमेरिकाका लागि एलेक्स मोर्गानले ५ गोल गरिन् । रोस लभेनी र समान्थ मेविसले समान २–२ गोल गरे । लिन्से होरान, मेगन रापिनोए, मालोरी पग र कर्ली लोर्डको नाममा १–१ गोल रह्यो ।
विश्वकपमा यसअघिको ठूलो अन्तरको जित जर्मनीको थियो । जर्मनीले सन् २०११ मा अर्जेन्टिनालाई ११–० गोलले हराएको थियो । अमेरिकाले विश्वकपमा अहिलेसम्मकै ठूलो जित निकाल्दै रेकर्ड बनाएको छ ।
प्रतियोगिताअन्तर्गत अमेरिकाले यसअघि चाइनिज ताइपेईमाथि ७–० को प्रभावशाली जित दर्ता गरेको थियो ।
प्रकाशित समय ११:०६ बजे

















