गृहपृष्ठ जनता बैंकद्वारा एकैदिन ६ शाखा कार्यालय स्थापना
जनता बैंकद्वारा एकैदिन ६ शाखा कार्यालय स्थापना
जनता बैंकले काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकैसाथ बुधबार ६ शाखा स्थापना गरेको छ । जनता बैंकले उपत्यकाका नयाँठिमी भक्तपुर, पाटन सुन्धारा र कीर्तिपुर काठमाडौं तथा फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा शाखा स्थापना गरेको हो ।
मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले गरे । कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुरामकुँबर क्षेत्रीको उपस्थिति थियो ।
फिदिम शाखाको फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्वाङ, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, पाटन सुन्धारा शाखाको बैंकका सञ्चालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका सञ्चालक सञ्जीव न्यौपाने र कीर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले उद्घाटन गरेका हुन् । यससँगै देशभर बैंकको शाखा संख्या १३५ पुगेको छ ।
तनहुँको डुम्रेमा शाखा उद्घाटनका क्रममा बैंकले निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएको बैंकले जनाएको छ ।
प्रकाशित समय १९:५५ बजे

















