गृहपृष्ठ सोलुखोला दुधकोशीमा राखिएको कुकर बम नेपाली सेनाद्वारा डिस्पोज
सोलुखोला दुधकोशीमा राखिएको कुकर बम नेपाली सेनाद्वारा डिस्पोज
फाइल तस्बिर
सोलुखुम्बुको सोलुखोला दुधकोशी ८६ मेगावाट क्षमताको निर्माणाधीन हाइड्रोपाावरको परिसरमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
सोलुदुधकुण्ड नगरपालिका–११ भदौरेमा शनिबार राति एक्स्काभेटरमा आगजनी गरेर नजिकै राखिएको कुकर बम सोमबार बिहान डिस्पोज गरिएको हो । बम डिस्पोज गर्न उदयपुरबाट नेपाली सेनाको डिस्पोजल टोली सोलुखुम्बु पुगेको थियो ।
हाईड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार आगजनी भएको थियो । आगजनी र बम राख्ने समूहको पहिचानका लागि सोलु प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय ११:०७ बजे

















