गृहपृष्ठ भारतमा सवारी साधन नहरमा खस्दा सात बालबालिका बेपत्ता

भारतमा सवारी साधन नहरमा खस्दा सात बालबालिका बेपत्ता

accident-newskarobar

भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी कार्य जारी छ ।

उत्तर प्रदेशको राजधानी लखनउको बाहिरी इलाकामा रहेको नाग्राम क्षेत्रमा बिहीबार बिहान सो दुर्घटना भएको हो । बिहीबार बिहान सबेरै २९ यात्रु बोकेको एक सवारी साधन इन्दिरा नहरमा खसेको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

सवारी साधनमा यात्रा गरिरेहका ती यात्रु एक विवाह समारोहमा सहभागी भई फर्किरहेका थिए । दुर्घटना भएलगत्तै स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए ।

दुर्घटनापछि प्रायः वयस्क उमेरका २२ जनालाई उद्धार गरिएको छ । सात बालिबालिका भने बेपत्ता भएका छन् ।  ती बालबालिका ४ देखि ९ वर्ष उमेरमा रहेका अधिकारीहरुले जनाएका छन् ।

भारतमा क्षमताभन्दा बढी यात्रु चढ्ने, खराब सडक र लापर्बाही रुपमा सवारी साधन हाँक्ने गर्दा बर्सेनि ठूलो संख्यामा दुर्घटना हुने गरेका अध्ययनहरुले देखाएका छन् । भारतका औसत रुपमा प्रत्येक दिन चार सय व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ ।

प्रकाशित समय २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु