गृहपृष्ठ अफ्रिका कप अफ् नेसन्समा इजिप्टको विजयी सुरुवात
अफ्रिका कप अफ् नेसन्समा इजिप्टको विजयी सुरुवात
इजिप्टले अफ्रिका कप अफ् नेसन्समा विजयी सुरुवात गरेको छ ।
अफ्रिकी महादेशको सबै भन्दा ठूलो प्रतियोगिता अफ्रिका कप अफ् नेसन्समा आयोजक टोली इजिप्टले जिम्बाब्वेविरुद्ध १–० को संघर्षपूर्ण जित दर्ता गरेको हो । इजिप्टका महमु ट्रेजेगेटले पहिलो हाफको ४१ औं मिनेटमा गरेको गरेको गोल नै निर्णायक बन्यो । जितसँगै इजिप्टले समूह ‘ए’ बाट मा ३ अंक जोडेको छ । यो समूहमा जिम्बाब्वे, कंगो र युगान्डा छन् ।
प्रकाशित समय ०८:२७ बजे

















