गृहपृष्ठ रुपन्देहीको ड्राइभरटोलमा संकास्पद बस्तु फेला, सवारी साधन रोकीए

रुपन्देहीको ड्राइभरटोलमा संकास्पद बस्तु फेला, सवारी साधन रोकीए

बुटवल- रुपन्देहीको ड्राइभरटोलमा संकास्पद बस्तु फेला परेको छ । ड्राइभरटोल चोक देखि पुर्ब शिबपुर जाने बाटोमा गएराती १२ बजे अज्ञात समुहले सो संकास्पद बस्तु बिच बाटोमा राखेको स्थानियले जानकारी दिएका छन । संकास्पद बस्तुका कारण स्थानियहरु त्रसित छन भने प्रहरी संकास्पद बस्तु भएको स्थानमा पुगीसकेको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलि घटनास्थलमा आउने प्रहरीले जनाएको छ । सो सडकमा अहिले सवारीसाधन चलेका छैनन ।
केहि हप्ता अघि पनि अज्ञात समुहले नयामिल र ड्राइभरटोलको बिच सिद्धार्थ राजमार्ग मै राखेको प्रेसर कुकुर बम सेनाले डिस्पोज गरेको थियो । संकास्पद बस्तु सडकमा राखेर आतंक फैसलाउने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु