गृहपृष्ठ क्लिन फिडको विरोधमा विदेशी च्यानल बन्द

क्लिन फिडको विरोधमा विदेशी च्यानल बन्द

इन्डियन ब्रोडकास्टर्स फोरमलाई सहयोग पुग्ने गरी प्रस्तावित विज्ञापन ऐनको विरोध

tv-chanels-newskarobar

प्रस्तावित विज्ञापन ऐन २०७६ मा विज्ञापनरहित (क्लिन फिड)को व्यवस्थाप्रति असहमति जनाउँदै टेलिभिजन सेवा प्रदायकहरूले विदेशी च्यानल बन्द गराएका छन् । विधेयकमा राखिएको विदेशी च्यानल क्लिन फिड हुनुपर्ने व्यवस्था अव्यावहारिक भएको भन्दै उनीहरूले सांकेतिक रूपमा भोलि दिउँसो ३ बजेसम्मका लागि बन्द गराएका हुन् ।

विदेशी च्यालन बन्द हुँदा आउने परिस्थितिबारे पूर्व जानकारी गराउन बन्द गरिएको इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले जनाएका छन् । टेलिभिजन सेवा प्रदायकको यो निर्णयले इन्डियन ब्रोडकास्टर्स फोरमलाई सहयोग पुग्ने र सरकारलाई असहयोग पुग्ने भएको छ । इन्डियन ब्रोडकास्टर्स फोरमले नेपाललाई मात्र क्लिन फिड दिन व्यावहारिक र व्यावसायिक रूपमा असमर्थ हुने जनाउँदै आएको छ ।

प्रकाशित समय २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु