गृहपृष्ठ सेयर बजार बढ्यो
सेयर बजार बढ्यो
सेयर बजार परिसूचक नेप्से सोमबार ५ अंकले बढेको छ । बैंक, होटल, जलविद्युत, वित्त, उत्पादनमूलक, अन्य र लघुवित्त समूह उकालो लागेपछि नेप्से परिसूचक ५.७५ अंकले बढेर १२६०.१० अंकमा बन्द भएको हो ।
कारोबारमा आएका १७३ कम्पनीको १५ लाख ४ हजार ६७२ कित्ता सेयर ४८ करोड १४ लाख ९२ हजार ८२१ रुपैयामा खरिद–बिक्री भएको छ । कारोबार रकम भने स्थिर देखिएको छ । आइतबार पनि करिब ४८ लाखकै सेयर किनबेच भएको थियो । सोमबार कारोबारमा आएका जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको मूल्य ९ प्रतिशतले बढेको छ । आइतबार नेप्से १० अंकले घटेको थियो ।
प्रकाशित समय २०:५३ बजे

















