गृहपृष्ठ सेमिफाइनल पुग्न न्यूजिल्याण्डलाई जित्नैपर्ने दबाबमा पाकिस्तान
सेमिफाइनल पुग्न न्यूजिल्याण्डलाई जित्नैपर्ने दबाबमा पाकिस्तान
एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि म्यान्चेस्टरको ओल्ड ट्राफोड रंगशालामा हुनेछ । आजको खेल जिते न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्नेछ । पाकिस्तान भने सेमिफाइनलको आशा जीवितै राख्न लिगका सबै खेल जित्नुपर्ने दबाबमा छ ।
न्यूजिल्याण्ड प्रतियोगितामा अपराजित टोली हो । ६ खेलमा ५ मा जित निकालेको न्यूजिल्याण्डले वर्षा वाधक बनेपनि भारतसँग अंक बाढेको थियो । कप्तान केन विलियम्सन न्यूजिल्याण्डका मुख्य हतियार हुन् ।
यस्तै, पाकिस्तानले ६ खेलमा २ जित हासिल गरेको छ । वेष्ट इण्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले आयोजक इंग्ल्याण्डलाई हराएइको थियो । अस्ट्रेलिया र भारतसँग पराजय भोगेको पाकिस्तानले दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनलको झिनो आशा बोकेको छ ।
जारी विश्वकपमा अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।
प्रकाशित समय १०:५२ बजे

















