गृहपृष्ठ अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, ब्राजिलसँगको भेट पक्का

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, ब्राजिलसँगको भेट पक्का

साविक उपविजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भेनेजुएलालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । सेमिफाइनलमा अर्जेन्टिनाले घरेलु टिम ब्राजिलको सामना गर्नेछ । खेलको १०औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा अर्जेन्टिनाले गोल गर्ने अवसर खेर फाल्यो । मार्टिनेजको प्रयासलाई रोजालेसले विफल बनाइदिएका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको ४ मिनेटमा नै जिओभानी लो सेल्सोले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । उनले ७४ औं मिनेटमा अगुएरोको क्रसलाई गोलमा परिणत गरे ।

प्रकाशित समय ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु